कोरियामा रहेका नेपालीले गरे छहरेपानीका विद्यार्थीलाई सहयोग

पाेखरा | भदौ ५, २०८२

कोरियामा रहेका नेपालीले गरे छहरेपानीका विद्यार्थीलाई सहयोग

पोखरा:  रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्।


कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १६ छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभुत विद्यालयका करिब १ सय २२ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको समन्वयकर्ता छवि आचार्यले जानकारी दिए। 


सो सामग्री एक कार्यक्रमका बीच वडा सदस्य रामकाजी गुरुङ, जुनकिरी फाउण्डेशन कोरिया नेपालका प्रतिनिधि दिपक बञ्जाराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्य र प्रधानाध्यापक यम कार्कीको उपस्थितीमा विद्यार्थीलाई हस्तान्तरण गरे । 


कार्यक्रममा बोल्दै फाउण्डेशनका नेपाल प्रतिनिधि दिपक बञ्जाराले देशका ग्रामीण क्षेत्रमा अझै पनि शिक्षा र स्वास्थ्य सर्वसुलभ हुन नसकेको बताउँदै, आफ्नो संस्था पनि यही क्षेत्रमा क्रियाशील रहेको बताए। 


उनले कोरियामा रहेका नेपाली तथा त्यहीका प्रहरी सेवामा कार्यरत कोरियन नागरिकसँग सहयोग संकलन गरी यहाँका जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेको सुनाए । विद्यालयका प्रधानाध्यापक यम कार्कीले भुपु विद्यार्थीको पहलमा भएको यस कार्यले अन्यलाई पनि हौसला मिल्ने बताउँदै, सहयोगी संस्था र व्यक्तिलाई आभार व्यक्त गरे।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामकाजी गुरुङ, भुपु विद्यार्थी छविलाल आचार्य, सि आर भि प्रहरी लामाचौरका प्रमुख पुर्ण बहादुर विक लगायतले संस्थाले गरेको असल कार्यको प्रशंसा गरे। शिक्षक बिष्णुमाया आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रअ लक्ष्मी देवकोटाले गरेकी थिइन्। कार्यक्रममा अभिभावक, विद्यार्थी सहितका सरोकारवालाको सहभागिता रहेको थियो।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्